<

 

धनगढी, ६ जेठ

बाजुराको जगन्नाथ गाउँपालिकाकी पूर्वउपाध्यक्षको निधन भएको छ । २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो ।

नेकपा एमालेकी जिल्ला कमिटी सदस्यसमेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

पहिले देखिनै खुट्टा र पेटको समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारीक स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0