<

 

रौतहट, ६ जेठ

रौतहटको गुजरा नगरपालिका ६ प्रतापपुर पल्टुवाका  ४५ वर्षीय शेख अलाउदिनलाई प्रहरीले पक्राउ गरेको छ । फुपूको हत्यापछि फरार अलाउदिनलाई १४ वर्षपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले शनिबार पक्राउ गरेको हो ।

२०६६ साल पुस ८ गते राति १२ बजे साविक गाविस बगही हाल कटहरीया–६ फत्तेपुरका शेख फौजदारकी श्रीमती ६५ वर्षीया मजबुनिया शेखिनको अलाउदिनले गोली हानी हत्या गरेको आरोप लागेको थियो ।

मृतक अलाउदिनका फुपू हुन् । जग्गाको लोभमा हत्या गरेको आरोप लागेपछि उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0