<
,रौतहट,२८ गते वैशाख । रौतहटको मौलापुर नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । एक समारोहका बिच पूर्ण खोप घोषणा गरिएको हो । जिल्लाको स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता पालिका हुनेमा १५ औं पालिका बनेको छ । शुक्रवार जिल्ला समन्वय समिति रौतहटका सभापती एवम् खोप समन्वय समिति रौतहटका संयोजक रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरि मौलापुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी गराएकी हुन् । मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबुु साहका अनुसार १५ महिनामा ७ पटकसम्म लगाइने हरेक १३ वटा खोपहरु लगाइएको छ । नगर भरिको खोप लगाउनुु पर्ने सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाइसकिएको छ । पूर्ण खोप लगाउनबाट छुटेका बालबालिकाहरू एउटा अभियान सञ्चालन गरि पहिचान गरेर खोप लगाइए पश्चात् पूर्ण घोषण गरिएको बताए । पूर्ण खोप घोषणा कार्यविधी अनुरुप निर्देशिकाको सम्पूर्ण प्रक्रिया पुरा गरि सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको मौलापुर नगरपालिकाले जनाएको छ । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापती रामअयोध्या प्रसाद यादवले मौलापुर नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै नगरप्रमुख रिना कुमारी साह लाई घोषणापत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाइ समापन गर्दै नगर प्रमुख साहले सबैको साथ र सहयोगले नै मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिएको बताउँदै । यसमा सहयोग गर्नुु हुने सबैलाइ धन्यवाद ज्ञापन गरेकी हुन् । कार्यक्रम समापन पश्चात् प्रमुख अतिथी लगायत सबैजनाले नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा मेयर साहले सहभागी सबै वडाका प्रतिनिधीहरुलाइ पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेकी छन् । साथै स्वास्थ्य स्वंयम् सेविकाहरु र स्वास्थ्य शाखा इन्चार्जहरुलाइ कदरपत्र सहित सम्मान गरिएको हो । अतिथीहरुलाइ मायाको चिन्होका साथ सम्मान गरिएको हो । कार्यक्रममा पूर्व संघिय सांसद समिना हुुसैन, मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी एवं खोप फाँट प्रमुख अनिलकुमार कर्ण,मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठा,वडा नम्बर ५ का वडा अध्यक्ष चन्देश्वर साह लगायतले आ–आफनो शुुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अच्छेलाल साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन मौलापुर नगरपालिकाी लघुउधम शाखाका प्रमुख सुुमन यादवले गरेकी थिइन् । यता जिल्लाको पूर्ण खोप पालिका घोषणा भएको नगरपालिकामा गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजारा नगरपालिका, चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, परोहा नगरपालिका र बौद्धिमाई नगरपालिका रहेका छन् । जेठ महिनाको दोस्रो हप्तामा रौतहट जिल्ला नै पूर्ण खोप जिल्लाको रूपमा घोषणा गरिने तयारी तीव्र रूपमा भइरहेको र बाँकी रहेको पालिका पूर्ण खोप घोषणाको अन्तिम चरणमा रहेको बताइएको छ । अब उपरान्त जिल्लामा तिन वटा पालिकाहरु वैशाख २९ गते राजदेवी नगरपालिका, वैशाख ३१ गते गढिमाई नगरपालिका र जेठ २ मा कटहरिया नगरपालिका घोषणा हुने तयारीमा रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1