<

लम्की, २५ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ। इलाका प्रहरी कार्यालय, लम्कीका अनुसार आज दिउँसो १३ बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो।

वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि जुंगा फुलेको, कान ठूला भएको, कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरीरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शवब फेला परेको इप्रका लम्कीले जनाएको छ। शव टीकापुर अस्पतालको शव गृहमा राखिएको र सनाखत हुन नसकेको प्रहरीको भनाइ छ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0