<

२३ बैशाख, महोत्तरी, महाेत्तरीका वरिष्ट पत्रकार गाेपालप्रसाद बराललाई  ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएकाे छ ।

काठमाण्डाैमा सम्पन्न नेपाल पत्रकार महासंघकाे २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका हुन ।

महासंघकाे २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार  सम्पन्न भएकाे थियो । प्रेस स्वतन्त्रता सेनानि सम्मान नेपाली पत्रकारितामा लामो समयसम्म प्रेस स्वतन्त्रताकाे पक्षमा कलम चलाएवापत प्रदान गरिने विशिष्ट सम्मान मानिन्छ ।

महाेत्तरीमा याे सम्मान पाउने बराल चाैथाे पत्रकार हुन । यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले याे सम्मान पाइसकेका छन । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0