<

काठमाडौं, बैशाख २० । रिभर फल्स पावर कम्पनीको बिहिबार (आज) बार्षिक साधारण सभा बस्ने भएको छ । रिभर फल्स पावर कम्पनीको २ आर्थिक वर्षको वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश प्रस्ताव बिनानै सभारण सभा बोलाएको । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभाले सर्वसाधारण लगानीकर्ताको तर्फबाट २ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते बुक क्लोज गरिसकेको छ । वैशाख ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0