<

 

आरके श्रीवास्तव,गरुडा,जेठ ०४ गते रौतहट ।

जिल्लाको मध्य भाग गरुडा नगरपालिका–६ मा सडक ढलान तथा नाला निर्माण हुने भएको छ । जसको लागि अनुगमन तथा योजनाको संचालन समिति गठन गरिएको छ । आज सो वडाको अमरपट्टीमा टोलमा वडा अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठक बाट शहरी विकास मन्त्रालय बाट ठेक्का भइ आएको २० करोडको बजेट बाट सडक ढलान तथा नाला निर्माण गर्न सर्वसहमती बाट निर्णय गरिएको छ ।

अमरपट्टीमा शिवपूजन राय यादवको घरदेखि मन्दिर सम्म र मन्दिर देखि गौर हाइवे सम्म सडक र नाला निर्माणको लागि १८ फिट बाटो खाली गराइ सडक ढलान र नाला निर्माण कार्य हुने नगर प्रमुख कन्थमनी जयसवालले बताए ।

वर्षाका कारण सो वडाको धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको थियो ।

त्यसकै मध्य नजर गरी सडक ढलान र नाला निर्माण काम सुरु हुने भएपछि अमरपट्टीका स्थानीयवासी खुसी भएका छन् ।

गरुडा नगरपालिकामा विकास निर्माणका कार्य गति लिएको छ । नगर प्रमुख (मेयर) जयसवालले सबै पक्षलाई समेटेर नगरमा विकास निर्माणका कामलाई निकै जोरसोरले अगाडि बढाइ रहेका छन् ।

वर्षौदेखी पक्की सडक नहुँदा खासगरी वर्षाको समयमा हिलोको कारण स्थानीयहरुलाई आवतजावत गर्न निकै कठिनाई हुँदै आएकोले आफुले स्थानीहरुको आवतजावतमा कुनै समस्या नहोस भन्ने उद्देश्यका साथ सडक ढलान कार्यलाई तिव्र गतिमा अगाडि बढाएको उनले बताए ।

सो अवसरमा इन्जिरनियर मणिष कुमार सिंह,समाजसेवी दुर्गा राय यादव,गिरधारी राय यादव,सिकिन्द्र राय यादव सहित स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0