<

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0