<

 

काठमाडौं, ३ जेठ ।

सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ ।

 

मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको  तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

 

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0