<

 

काठमाडौं, ३ जेठ ।

इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

 

यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ ।

 

एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पनि पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो । यसअघिको पहिलो लेगमा २–० ले विजयी इन्टर दोस्रो लेगमा १–० ले विजयी हुन पुगे पछि समग्रमा ३–० को जीत निकाल्न मिलान सफल भएको हो ।

 

सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र तिव्र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथी दबाब बढाएका थिए तर दुवै पक्षले पहिलो हाफमा गोल गर्न सकेनन । तर, लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनले सोही गोलवाट मिलानलाई १३ बर्ष पछि फाइनल यात्राका लागि सहज बनाई दिए ।

अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0