<

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी गरेको छ । निर्वाचन आयोगले अप्रिल २९ गते बिहान ११ बजेसम्म दुवै दलसँग जवाफ मागेको हो ।

भाजपा र कांग्रेस दुबै पार्टीले एकअर्काका नेताहरूविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए र उनीहरूलाई धर्म, जात, सम्प्रदाय र भाषाको नाममा जनतामा घृणा फैलाउने र पृथकतावादलाई बढावा दिएको आरोप लगाएका थिए ।

आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ को अधिकार प्रयोग गर्दै स्टार प्रचारकको आचरणमा पार्टी अध्यक्षलाई जिम्मेवार ठहर गर्दै दुवै दलका अध्यक्षलाई नोटिस जारी गरेको छ ।

प्रधानमन्त्री मोदीले केहि दिन अघि राजस्थानको एक र्‍यालीमा भनेका कांग्रेस सत्तामा आयो भने अल्पसंख्याकहरुलाई जनताको सम्पत्ति बाँड्ने बताएका थिए । यस मामिलामा कांग्रेसले निर्वाचन आयोगलाई मोदीको बयान विभाजनकारी र द्वेषपूर्ण र यो आचारसंहिताको स्पष्ट उल्लङ्घन भएको अपील गरेको थियो ।

भाजपाले अप्रिल २२ मा कांग्रेस नेता राहुल गान्धीविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दायर गरेको थियो । भाजपाले गान्धीले देशमा गरिबी बढाउने झूटा वाचा गरिरहेको बताएको थियो । भाजपाले राहुल गान्धीले भाषा र क्षेत्रका आधारमा देशमा विभाजन र चुनावी वातावरण बिगार्ने प्रयास गरेको आरोप लगाएको थियो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0