<

मुगु १२ बैशाख । हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहका १८ बर्ष मुनिका शारीरिक समस्या भएका बालवालिकाहरुको अवस्था पहिचान तथा लेखाजोखा शिविर सम्पन्न भएको छ ।

 

युएम एन मुगु कलष्टरको आर्थिक सहयोग र ग्रामिण सामुदायिक संस्था, मुगुको साझेदारिमा संचालित समुदायमा आधारित एकीकृत बाल्यकाल अपाङ्गता व्यवस्थापन परियोजना बाट खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाका  १८ वर्षमुनिका शारीरिक समस्या भएका बालबालिकाहरूको अवस्था पहिचान तथा लेखाजोखा शिबिर सम्पन्न भएको हो ।

 

शिबिरमा बिशेष गरेर शारिरिक अपाङ्गता भएका बालबालिकाको अवस्था पहिचान तथा लेखाजोखा गराई उनीहरुको स्वास्थ्य उपचारमा केही फड्को रहोस भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको युएमएन मुगुले जनाएको छ । यो शिविर सञ्चालन गरे पश्चात मुगुका आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरु लाई सहज भएको बताईएको छ । उक्त शिविरमा ८२ जना  बालबालिकाको सहभागिता रहेको थियो । शिविरमा  उनीहरूको समस्याहरूलाई पहिचान गर्ने, उपचार  सम्भव भएका बालबालिकाहरुलाई उपचारको लागि छनौट गरी सुविधा सम्पन्न अस्पतालमा उपचारको लागि सिफारीस पनि गरेको बताएका छन् ।

शिबिरबाट केही जटिल खालका बिरामी परेका १५ जना बालवालिकाहरु लाई थप उपचारका लागि छनौट गरि काठमाण्डौका विभिन्न अस्पतालहरुमा पठाई निःशुल्क उपचार भई रहेको यु.एम.एन अपाङ्गता पुर्नस्थापना थापथलिका कार्यक्रम प्रबन्धक प्रेम देवेकोटाले  बताए । जिल्लामा विभिन्न कारणले शारिरिक अपाङ्गता भई असहज जीवन विताई राखेका १८ बर्ष मुनिका बालबालिकाहरुलाई प्रति बर्ष ५० जनालाई यो स्वास्थ्य सेवा प्रदान गर्दे हाल सम्म चार सय जना भन्दा बढिको  उपचार गरिसकेको युएमएन मुगु कलष्टरका टिम लिडर नेत्र बहादुर शाहीले जानकारी दिए ।

 

उक्त कार्यक्रममा अपाङ्ता परियोजना अधिकृत तुलाराम धमला, र ग्रामिण सामुदायिक संस्थाका परियोजना सुपरभाइजर कुसुम बूढाले विभिन्न क्रियाकलापमा  सहजिकरण गर्नु भएको थियो ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0