<

 

राैतहट,जेष्ठ ०२ गते

रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । सो भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण बन्द गरेको थियो ।

तर अव वर्गीकरणको अभावमा रोक्का रहेका जग्गा कारोबार सुचारु हुने भएको नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।

जग्गा वर्गीकरण नभएकै कारण धितो राखेर ऋण पाउन गाह्रो भएपछि सर्वसाधारणको उपचार, बिहेवारि, छोराछोरीका पढाइ, अंशबन्डा जस्ता अत्यावश्यक सामाजिक कार्य बाधित भएकोले पनि अव यि सवैको लागी सहज हुने मेयर जयसवालकाे भनाइ छ ।

‘वर्गीकरणपछि नापी, मालपोत र वित्तीय संस्थाका काम पुन. लयमा फर्कने अपेक्षा गरेकाे नगर प्रमुख कन्थमनी जयसवाल द्वारा गरूडा मालपोत कार्यालय प्रमुख लाई बिज्ञप्ति बुझाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0