<

काठमाडौं, २९ कार्तिक ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताएका छन ।

नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताएका हुन ।

 

नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताए । उनले भने,  ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन ।’

 

कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नु पर्ने पनि उनको भनाइ छ । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उनले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निक्कै पछि परेकोले सो क्षेत्रमा धेरै काम गर्न जोड दिएका छन । जिल्लामा निर्माणाधीन धेरै सडकको काम बजेट अभावको कारण रोकिएका उनको भनाइ छ ।

 

अहिलेको सरकारमा नेकपा एमाले सहभागी भएकोले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनु पर्ने भट्टराईले बताउनुभयो । जनप्रतिनिधिको हिसाबले आफू ती काममा निरन्तर लागिरहने उनको प्रतिबद्धता छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0