<

काठमाडौ, चैत २९ ।

समता घरेलु लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । समता घरेलु लघुवित्तको सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0