<

काठमाडौ, चैत २८ ।

नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धीहरुले बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् ।

बोर्डका लागि ५ जनाले चैत २९ गते आ आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएको छ । अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती ५ जनालाई बोलाएको हो । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ ।

साथै ‘सर्टलिस्ट’मा परेका ५ जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्षमा नियुक्त गरिने बोर्डले जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0