<

काठमाडौं, चैत २७ ।

प्रभु बैंकले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । जसअनुसार यसपटक सेयरधनीहरुको हात खालीहुने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0