<

मेक्सिको सिटी, २४ चैत ।

मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोडने भएको छ ।

 

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् ।

 

शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक सम्बन्ध निलम्बन गर्न निर्देशन दिएका हुन ।  इक्वेडरको प्रहरीले क्विटोमा रहेको आफ्नो देशको दूतावासमा घुसपैठ गरेको र इक्वेडरका पूर्व उपराष्ट्रपति जर्ज ग्लासलाई पक्राउ गरेपछि यो प्रतिक्रिया दिएको हो ।

लोपेज ओब्राडोरले उप राष्ट्रपति ग्लासको गिरफ्तारीलाई ‘तानाशाही’ कार्य र अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको उल्लङ्घनको रूपमा अर्थाएका छन् ।

राष्ट्रपतिको आदेशसँगै बार्सेनाले टविटरमार्फत तुरुन्तै इक्वेडरसँग कूटनीतिक सम्बन्धको तत्काल निलम्बन भएको घोषणा गरेका छन ।

 

इक्वेडरका पूर्व उपराष्ट्रपति ग्लासलाई पक्राउ गर्न इक्वेडरको पुलिस विशेष बल क्विटोमा अवस्थित मेक्सिकन दूतावासमा प्रवेश गरे पछि दुइ देश बिचको सबन्ध तोडने अवस्थामा पुगेको हो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0