<

काठमाडौँ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्बजनिक भएको छ ।  शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो ।

सार्बजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । यो लुक्स हेर्दा फिल्ममा पलको नकारात्मक भूमिका रहेको संकेत गर्छ ।

फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदैछन् । छायांकनकै क्रममा आर्यन र प्रदीपको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ ।

संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनाइएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0