<

धरान ।

इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

इटहरी रङगशालामा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइज इटहरी गोल्डकपको पनि फाइनलमा पुगेको क्लब हो ।

चर्च ब्वाइजको जितमा समीर तामाङले खेलको ८९औँ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

अब उपाधिका लागि शनिबार चर्च ब्वाइज र आर्मीबीच भिडन्त हुनेछ ।

त्यस्तै यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

फाइनल खेल विजेताले १० लाख नगद र उपविजेतालाई पाँच लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0