<

राैतहट, १४ चैत्र
रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वड़ा नम्बर १ भोटिया टोलमा बिबाद हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन !
श्रीमती संग विबाद हुदा श्रीमान तीर्थ वाइबाले आफ्नै श्रीमती ३५ वर्षीय सेतीमाया तामांगलाइ धारिलो हथियार प्रयोग गरी घाटी रेतेर हत्या गरेको हो ! श्रीमतीको हत्या गरेपछि लोग्ने तीर्थ वाइबाले आत्म हत्याको समेत प्रयास गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !
प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार घाइते अवस्थामा छटपटाई रहेका वाइबालाइ देखेर स्थानीयले प्रहरीलाइ खबर गरेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालको नेतृत्व गएको टोलीले सोध्दा श्रीमती संग विबाद हुदा हसियाले घाटी काटेर हत्या गरेको बताएपछि खोज्दै जादा घर देखि १ किलो मीटर पूर्व बागमती खोलाको छेउमा रहेको मकै बारीमा मृत अवस्थामा लाश फेला परेका छन !
गंभीर घाइते भएको तीर्थ बाइबाको उपचारको लागि पठाइएको र अवस्था गंभीर नै रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ! घटना स्थलबाट २ थान धारिलो हसिया बरामद गरी प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0