<

काठमाडौं, ६ चैत ।

काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।

 

आगामी चैत १४ देखी १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ ।
नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका बिज्ञ, जानकारहरू उपस्थिति रहने छ ।

 

नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्दिक बिकासको बिशिष्ट अध्ययन गरिने संयोजक प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । ‘नेपाल र भारतका संस्कृतका बिद्दानहरूले अा अाफनाे कार्यपत्र प्रस्तुत गर्नेछन भने संस्कृत भाषाकाे उत्थान र प्रचारमा र साे भाषाकाे बैज्ञानिक पक्षका बारेमा जानकारी दिने कार्य गरिनेछ’ उनले भने ।

 

नीति प्रतिष्ठान नेपाल, केन्द्रिय संस्कृत विश्वबिधालय, नयाँदिल्ली र इन्डिया फाउन्डेसनसहित तीन संस्थाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

 

यसअघि नेपालमा २०२४ सालमा, २०५१ साल, २०७५ र २०७६ सालमा यस्ता सम्मेलन भइसकेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0