<

 

काठमाडौं, ३० बैशाख ।

शहिद स्मारक लिगमा आज तीन खेल हुदैँछन् ।
त्रिपुरेस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

 

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी त्रिपुरेस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेवाट सुरु हुनेछ ।

 

उता, साँझ ६ बजेवाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0