<

काठमाडौं, २ चैत ।

सुनको मूूल्य ४०० रुपैयाँले घटेको छ ।

 

बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

शुक्रबार चाँदी मूल्य भने स्थिर छ । यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0