मुम्बइ, १ चैत ।
फ्यानले केजीएफको दुनियाँलाई निकै मन पराएपछि पुष्पाको राज पनि फ्यान माझ लोकप्रिय भए । यति मात्र होइन कान्ताराको रहस्यमय संसार पनि फ्यानको मनमा बस्यो ।
तर २०२४ मा साउथबाट एउटा फिल्म आउन लागेको छ जसमा पुष्पा, केजीएफ र कान्तारा जस्ता फिल्मलाई कडा टक्कर दिने देखिन्छ । केही समयअघि जब यो फिल्मको पहिलो झलक रिलिज भएको थियो, तब केही ठुलो हुने संकेत देखिएको थियो ।
यति मात्र होइन, अब यो डरलाग्दो फिल्ममा साउथकी एक ठूला अभिनेत्री देखिने छिन् । यी हुन् बाहुबली फिल्ममा काम गर्ने नायिका । त्यसयता फिल्मलाई लिएर दर्शकमाझ उत्साह छाएको छ ।
अनुष्काले सन् २००५ मा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले तमिल र तेलुगु सिनेमामा काम गरेकी छिन् तर मलयालम फिल्ममा काम गर्ने यो पहिलो पटक हुनेछ । यस फिल्मको नाम ‘कटनार–द वाइल्ड सोर्सर’ हो । फिल्ममा अनुष्का शेट्टीका साथै जयसूर्या र विनीत पनि देखिने छन् । यसरी फिल्म कटानारको स्टारकास्ट निकै बलियो बनेको छ ।
आफ्नो इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै अनुष्का शेट्टीले लेखेकी छिन्, ‘कटनारको संसारमा प्रवेश, द वाइल्ड सोर्सर।’ यसरी फेरि एकपटक अनुष्का शेट्टीको उत्कृष्ट अभिनय कौशल देख्न सकिनेछ ।
‘कटानार’ मलयालम फिल्म हो, जसलाई रोजिन थॉमसले निर्देशन गर्दैछन्। कटनार १४ भाषामा रिलिज हुने तयारीमा छ, जसअनुसार अंग्रेजी, तमिल, तेलुगु, हिन्दी, बंगाली, कन्नड, चाइनिज, फ्रेन्च, कोरियन, इटालियन, रुसी, इन्डोनेसियाली र जापानीज। यसका लागि विशेष तयार पारिएको ४५ हजार स्क्वायर फुटको स्टुडियोमा यो फिल्मको छायांकन गरिएको हो । कटानारको बजेट करिब ९० करोड रुपैयाँ रहेको बताइएको छ ।
फिल्मको पहिलो झलकमा देखिएका ग्राफिक्स साँच्चै शानदार छन्।न्युज कारखाना