<

काठमाडौं, ३० फागुन ।

नेपाल सांस्कृतिक महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको बुधबार बसेको बैठकले सल्लाहकारमा शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईं र गायक कृष्णसुधा ढुंगाना मनोनयन गरेको हो।

बैठकले महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको छ। अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग गठन गरिएको छ।

प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र कृष्णगोपाल केसी संयोजकत्वमा  महासंघ विधान संशोधन महासमिति गठन गरेको हो।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0