<

काठमाडौं, ३० फागुन ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिलेर एकठाउँमा उभिए भने माओवादी तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत के होला भन्दै प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए भने राजनेताको गद्दीको हालत के हुन्छ ? भन्दै प्रश्न गरेका हुन् ।

 

‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?,’ उनले भने । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0