<

 पर्सा,२८ गते फागुन ।

वीरगञ्ज–वीरगञ्ज उधोग वाणिज्य संघको ४८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज बिर्ता स्थित हरि प्रसाद गिरी सभाहल वीरगञ्ज उधोग वाणिज्य संंङ्घ विर्ता वीरगञ्जमा सम्पन्न भएको हो । ४८ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले दिप प्रज्वलन गरी कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने बताए । उनले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा सम्बोधन गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

No description available.

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए ।

No description available.

राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै उनले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी पनि गराए । महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोसेढुंगा भएको जानकारी पनि उनले दिए । बृहत् आर्थिक बहसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराए ।

 

ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’ त्यस्तै सम्बोधनकै क्रममा वीरगंञ्ज उधोग वाणिज्य संङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले भने, ६ वर्ष बितिस्कदा पनि औद्योगिक क्षेत्रको विद्युत कटौती हुने समस्याको अन्त्य नभएको बताए ।

 

सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत अन्य सञ्चारकर्मी र उत्कृष्ट आयातकर्ता तथा निर्यात कर्ता व्यवसायीहरुलाइ सम्मान पनि गरिएको विरगञ्ज उधोग वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0