<
बज्जिकाञ्चल,राैतहट,२७ गते फागुन ।
रौतहटको गुजरा नगरपालिका वडा नम्बर ९ मा खानेपानीबाट धारामा पानी नआउँदा करिब आधा दर्जन भन्दा बढी गाउँका उपभोक्ता मारमा परेका छन् । अमतवा भवानीपुरमा रहेको पानीट्यांकीको धाराको पानी अवरुद्ध भएको छ । खानेपानीको विद्युत लाइन काटिएपछि पानी आउन छाडेको हो ।
खानेपानीको बक्यौता महसुुल बुुझाउन नसक्दा लाइन काटिएको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको करिब ६ लाखभन्दा बढी बक्यौता रहेको बुझिएको छ । बक्यौता महसुुल तिर्न उपभोक्ता समितिले कुनै चासो नलिएको उपभोक्ताको आरोप छ । बिगत ४ दिन देखि धारामा पानी आउन छाडेपछि पानीको हाहाकार भएको छ ।
उक्त पानीट्यांकीबाट अमतवा,भवानीपुर,भंगहा,जयराजपुर,दयालपुर,पर्ति टोल अमतवा गाउँमा घरघरमा धारा जडान गरिएको छ । तर पानीट्यांकीबाट जडान गरिएको धारामा पानी आउन छाडेको छ । खानेपानीको धारामा पानी नआउँदा उपभोक्तालाई खानेपानीको निकै समस्या भएको छ । धारामा पानी आउनै छाडेपछि खानेपानीका सयौँ उपभोक्ता सास्ती खेप्न बाध्य छन् । स्वच्छ खानेपानीको अभावमा अमतवा भवानीपुर खानेपानीका उपभोक्ता कलको दुषित पानी पिउन बाध्य भएका छन् ।
समितिको हिसाव अपारदर्शिता,एउटै कर्मचारी खानेपानी र नपाको स्वास्थ्य शाखामा काम गर्नु,खानेपानी मिटर रिडिङ्ग, विल तथा रकम समयमा असुल हुन नसक्नु,खानेपानी दिदा पनि पानीको प्रेसर नहुनु,खानेपानीबाट पनि सिचाई गरेको ,कर्मचारीहरु तथा खानेपानी समितिको लपरवाही जस्ता जन समुदायको गुुणासो रहेको छ । धाराको पानीको लागि आफूहरू प्रत्येक महिना शुल्क बुझाउन तयार भए पनि कर्मचारीहरु प्रत्येक महिना बिल काट्न आउनै छाडेको उपभोक्ताको गुनासो छ । खानेपानीका कर्मचारीहरुको चरम लापारवाही रहेको उनीहरुको भनाइ छ ।
धारामा पानी नआउँदा कलकोे दुषित पानी खाँदा विभिन्न किसिमको रोग लाग्न सक्ने भन्दै उपभोक्ताहरूले तत्काल धारामा पानी दिन समितिसँग माग गरेका छन् । यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनुुठा धामी सँग बुझदा यस अघि प्राधिकरणलाइ महसुुल स्वरुप रु.२ लाख बुुझाएको जानकारी गराए ।
अझै अन्दाजी करिब ६ लाख विधुत महसुल बुुझाउन बाँकी रहेकोले प्राधिकरणले लाइन काटि दिएको बताए । छिट्टै लाइन जोड्न लगाइ उपभोक्ताको धारामा पानी पुुर्याउन प्रयास गरिरहेको बताए । यो विषयलाइ नगरपालिकामा पनि अवगत गराएको बताए । छिट्टै नै समस्या समाधान हुने आश्वासन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1