<

 

काठमाडौं, २५ फागुन ।

काठमाडौँ । लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए ।

त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0