<

फाल्गुन २४ वीरगन्ज ।

वीरगन्जका पत्रकार नेहाल खानको निधन भएको छ। नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो। गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

झण्डै दुई दशकभन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका ५२ वर्षीय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन्। कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका थिए। तर, त्यसबेला कोभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।

करिब १० महिनापहिले फेरि छाती र फोक्सोको समस्या बल्झिएपछि नारायणी अस्पतालमा उनि भर्ना भएका थिए। नारायणी अस्पतालमा करिब दुई महिनाकाे उपचारपछि उनी घरमै चिकित्सककाे रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेका थिए। खानकी पत्नि अजमा खातुनपनि क्यान्सर राेगबाट ग्रसित भई उपचाररत छिन्। भरतपुर क्यान्सर अस्पतालमा उनकाेपनि करिब ६ महिनादेखि उपचार चलिरहेकाे छ। खानका दुई छाेरी र दुई छाेरा छन्।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0