<

धनगढी, २३ फागुन ।

कैलालीमा बुधबार एक जना मृत अवस्थामा फेला परेका छन्।

भजनी नगरपालिका–३ कुसमघाट स्थित मोहना नदीमा नामथर, वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुषलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

उनको पाइन्टको खल्तीमा वर्ष २३ को प्रकाश विश्वकर्मा नामको पासपोर्ट भिजेको अवस्थामा भेटिएको छ। घटनाका सम्बन्धमा थप अनुस्न्धान भइरहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। न्युज करखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0