<

मोरङ, २२ फागुन ।

मोरङको पथरीशनिश्चरे ७ लामाटोलीमा १५ वर्षीय किशोरी हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन् । निजलाई आजै सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

 

गएराति १०ः३० बजेको समयमा १५ वर्षीय किशोरी ज्ञानकला राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पञ्चायत मावि पथरीमा कक्षा ७ मा अध्ययनरत राई शौचालय जाने क्रममा हत्या भएको परिवारले जनाएका छन् ।

 

पक्राउ परेका व्यक्तिलाई आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका व्यक्ति को हुन् भन्ने बारेमा भने प्रहरीले जानकारी दिएको छैन् ।

 

किशोरी २ वर्षदेखि मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी थिइन् । खोटाङको एँसेलुखर्क घर भएकी उनी दाजु विनोद राईको घरमा बस्दै आएकी थिइन् ।न्युज करखाना ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0