<

मोरङ, २२ फागुन ।

सांसद सुनिल शर्माले मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्या प्रकरणकाे गहन छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

साेमबार राति भएकाे किशाेरी हत्या प्रकरणसम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरी परिवारलाई न्याय दिलाउन सांसद शर्माले सरकारसंग आग्रह गर्नुभएको छ ।

 

घटनाको छानबिन गरि कारवाहि गर्न माग गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्,  ‘मेरो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे-७ स्थित लामा टोलमा  १५ वर्षीया बालिकाको हत्या भएको खबरले एकदमै दुःखित भएको छु । घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाइ दोषी लाई कारबाही गरि परिवारलाई न्याय दिलाउन सरकारलाई अनुरोध गद्र्छु । ’

पथरीशनिश्चरे वडा नं ७ मा आफन्तको घरमा बस्ने खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राईको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । राति करिव १० बजे सौचालय छेउमा आवाज आएपछि जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए ।

घटना भएको जानकारी पाउनासाथ प्रहरी उक्त स्थानमा पुगेको थियो । हाल मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाएको प्रहरीले जनाएको छ ।न्युज करखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0