<

रमेशकुमार यादब, रौतहट, बैशाख २७

रौतहटको गरुडामा ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरिएको छ । रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनिप्रसाद जैसवालले अति गरिब बिपन्न दलित समुदायकका ३ वटा परिवारलाई सहयोग गरेका हुँन ।

नगर प्रमुख जैसवालले आफ्नो नगरबासिको हकहितलाई ध्यानमा राख्दै गरुडा नगरपालिकाको वडा नं.५ शिवनगर टोलका रामबाबु महरा, गंगाराम महरा र मुकेश रामलाई २५-२५ हजार रुपैँयाको दरले ७५ हजारको ३ वटा चेक हस्तान्नतरण करेका छन् । असाहाय निम्न बर्ग भएका जेनतेन गरि साझँ र बेलुका हातमुख जोर्ने दलित परिवारका रामबाबु, गंगारामको छोरी र मुकेश रामको बहिनीको विवाहमा खर्च गर्नको लागी नगर प्रमुख जैसवालले उनीहरुको घरमा पुगी केहि राहत पुगोस भन्ने उदेश्यले उक्त रकम बराबरको चेक हस्तान्नतरण गरेका हुँन ।

जैसवालले भने हाम्रो नगरको सम्पुर्ण मानिसहरुको जिम्मा रहेकोले सहयोग गर्ने आफ्नो उत्तरदायित्व रहेको बताए । साथै नगरबासिको लागी हरदम ढोका खुल्ला रहेको र जुनबेला आवश्यक परेको हुँदा निर्धक्क आएर सहयोग माग्न नगर प्रमुख जैसवालले आग्रह समेत गरेका छन् । हस्तान्तरण कार्यक्रममा श्यामनन्नदन सहनी, बृजकिशोर सहनी, धुव गिरी, रबिन्द्र यादबहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0