<

काठमाडौं, १८ फागुन ।

अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको गोली हानाहानमा मारिएका छन् ।

 

राज्य अभियोजक ओमर महमत केडेलायेले एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन ।

‘सो क्रममा  राजधानी एनुजामेनामा डिल्लोको पार्टीको मुख्यालय नजिकै भारी बन्दुकको आवाज सुनिएको थियो, त्यसैमा उनी मारिए, ’ एक प्रत्यक्षदर्शीले भने । उनका अनुसार नेशनल सेक्युरिटी एजेन्सीको भवन नजिकै यसअघि भएको झडपमा धेरै व्यक्तिको मृत्यु भए पछि गोली हानाहान भएको थियो ।
‘उनले आत्मसमर्पण गर्न चाहेनन र उल्टै सुरक्षा अधिकारी माथी गोली हाने,’ चाडका सञ्चार मन्त्री अब्दरमान कौलामल्लाहले भने ।

बिहीबार राजधानीमा ठूलो मात्रामा सेनाको उपस्थिति थियो र राष्ट्रपति भवनमा प्रवेश निषेध गरिएको थियो। इन्टरनेट पहुँच, जुन एक दिन पहिले अवरुद्ध थियो, अझै पनि पुनर्स्थापित भएको छैन ।

 

सैन्य अधिकारीहरूले सत्ता कब्जा गरेको तीन वर्षपछि मध्य अफ्रिकी राज्यलाई संवैधानिक शासनमा फर्काउनका लागि मे र जुनमा हुने राष्ट्रपतिको चुनाव अघि तनावको बीचमा हिंसा भड्किएको हो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0