<

मोरङ, १७ फागुन ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागि हुने खेलाडिहरुलाई जर्सि तथा टिसर्ट वितरण गरिएको छ ।

 

पथरी शनिश्चरे नगरपालकाबाट छनौट भएका ९८ जना खेलाडीहरूका लागि नगर खेलकुद समितिले बुधबार जर्सी तथा टि सर्ट वितरण गरिएको हो ।

नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, सदस्य लोकसागर साम्बा तथा सदस्य सचिव नवीन खुलालले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा कराते र तेक्वान्दो खेलका प्रशिक्षकहरूलाई  जर्सि वितरण गर्नुभएको थियो ।

१४औँ राष्ट्रपति रनिङ शिल्ल प्रतियोगिता मनोहर जनता मावि मिक्लाजुङमा फागुन १८ देखि २० गतेसम्म सञ्चालन हुँदै छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0