<

काठमाडौं, १७ फागुन ।

जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँछन् ।

सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ ।

जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुदैँछ ।

मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो

न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0