<

महोत्तरी, १४ फाल्गुन ।

नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समिति महोत्तरीले बर्दिवास चौथो महोत्सवको घोषणा गरेको छ।

फाल्गुन २४ देखि चैत ५ सम्म सञ्चालन गर्नेगरि चौथो पटक उक्त महोत्सवलाई निरन्तरता दिने भएको हो।

जनजातिहरीको सांस्कृतिक पाटाहरुको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समितिका अध्यक्ष धननारायण श्रेष्ठले जानकारी दिए।

झण्डै १ लाख पर्यटक भित्र्याएर बर्दिवासको विशिष्ट चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानिय उत्पादनहरुलाई समेत पवर्द्धन गर्ने आयोजक पक्षको तयारी छ।

राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको माध्यमवाट महोत्सवलाई थप विशेष बनाउने जिल्ला सचिव मनिष समालले बताए।

महोत्सवमा राखिने १५० स्टलमध्ये ९ वटा स्टलमा आयोजकको तर्फबाट विभिन्न जातजातिको भेषभुषा र संस्कार झल्कने गरि पर्दसन गरिने पनि आयोजक पक्षले जनाएको छ।

वरिष्ठ उपाध्यक्ष हर्क लामाका अनुसार उदघाटनका दिन र समापनको दिन बर्दिवासमा रहेका हजारौ जनजातिहरुले आफ्नो झाकी र कला पर्दसन गर्नेछन्। यस्को लागि निक्कै आन्तरिक तयारी भैइरहेको उपाध्यक्ष लामाले बताए।

यसअघि महोत्सवबाट सिकेका बिषयलाई यो महोत्सवमा थप परिमार्जित गरि नयापन दिइने आयोजक पक्षको दावी छ।

विगतमा भएका महोत्सवमा देखिएको दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै यो महोत्सवमा अहिलेसम्म कै सवैभन्दा बढी राष्ट्रिय कलाकारहरु बोलाउन लागिएको महोत्सवका ब्यवस्थापक धावा लामाले जानकारी दिए।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0