<

रौतहट,१२ गते फागुन ।
रौतहट–रौतहटमा सन्त शिरोमनी रवि दासको ६४७ औं जन्म जयन्ती मनाइएको छ । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ स्थित पथरा टोलमा रहेको कबिरहा मठ एक कार्यक्रमका बिच उनका जन्म दिवस मनाइएको हो । सन्त बुुध साहेबको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद किरण साह रह्नुभएको थियो ।
प्रमुख अतिथीको रुपमा बोल्दै सांसद साहले,‘रवि दास महाराज जि को थिए?उनी के चाहन्थे?र उनको लक्षय उदेश्य के थियो?हामी यस जन्म जयन्तीमा त आइसकेका छौं,तर उनको जिवनी कथा पढनुु र बुुझनुु जरुरी छ । आज समाजको आवश्यकता पनि यही हो ।
उनले भने,‘समाजिक अन्याय अन्त गर्ने र शुसाशन ल्याउने उनको संकल्प थियो । त्यो संकल्प लाइ हामीले पूरा गर्नु पर्दछ । जातीय शोषणलाइ अन्तय गर्ने जुन वहाँ अठोट थियो । त्यसलाइ अझै हामीले पूरा गर्न सकेका छैनौं । यसमा हामी लाग्नुपर्छ ।
मैले चमार समाजलाइ अगाडी बढाउन काम गर्दै आएको बताए । जसको प्रत्यक्ष उदाहरणको रुपमा आफनो वडामा वडा अध्यक्षको रुपमा चमार समाजको प्रतिनिधित्व हुने गरी कृष्नन्दन राम लाइ निर्वाचित गराएको सुनाए । धेरै मान्छेहरुले उनको बारेमा अनेक किसिमको कुरा गरे तर म एक कदम पनि पछाडी हटिन् वहाँलाइ नै टिकट दिइ जित दिलाउन पनि अहम योगदान गरे । फलस्वरुप आज चमार समुदायको प्रतिनिधित्व हुन पाएको छ ।
रविदास महाराजको प्रचलित कहावत मनमे चंगा त कठौतीमे गंगा । यो भनाइ लाइ व्याहारमा लागूू गर्न सक्नुु पर्छ । र वहाँले देखाएको बाटोमा हामी हिडनुपर्ने आजको आवश्यकता हो । अन्त्यमा उनले रविदास महाराज जिको जन्म जयन्तीको बारेमा बृहत् रुपमा अध्ययन गरी संसदमा मात्र आवाज उठाउने मात्र होइन् कि विदा स्विकृती दिलाउन पनि आफनो तर्फबाट हकदम पहल प्रयास गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,चमार कल्याण समाज रौतहटका अध्यक्ष धर्मेन्द्र राम,राजपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृषनन्दन राम,रामज्ञा राम लगायत धेरै संख्यामा मानिसहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0