<

आर.के.श्रीवास्तव, रौतहट, वैशाख २६ । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा नगर प्रमुख प्रेमलाल साहले बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहको अध्यक्षतामा नगर प्रमुख साहले उक्त बर्थिङ्ग सेन्टर शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको कुल २५ लाखको लागतमा स्वास्थ्य चौकी धरहरीको प्राङ्गणमा चार कोठे भवनको नगर प्रमुख साहले शिलान्यास गर्नु भयो । निर्माण हुने नयाँ चारवटा भवनमा एउटा कोठामा ल्याबका समाग्रीहरु राखिने वडा अध्यक्ष साहले बताए ।

धरहरीमा बर्थिङ्ग सेन्टर नहुँदा यहाँका स्थानीयहरूलाई शिवनगर,गौर,चपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो तर भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने भएको छ । धरहरीमा पहिलो पटक बर्थिङ्ग सेन्टर शिलान्यास भएपछि वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने वडा अध्यक्ष साहले जानकारी दिनुभयो । उपभोक्ता समिती मार्फत दुई महिना भित्र निमार्ण कार्य संम्पन हुनुपर्ने वडा अध्यक्ष साहले जानकारी दिन भयो ।

कार्यक्रममा भवन निर्माणको उपभोक्ता समितिका अध्यक्ष जहरुल देवान, कोषाध्यक्ष सगरी देवी सचिव बिनोध साह लगायत स्थानीय तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0