<

प्राग ।  

गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् ।

 

चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतबार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म सेटलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए । उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए । उनले सन् २०२४ मा नेपालले सेटलाइट बनाउने तयारी गरेको बताए ।

 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा.  हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नु पर्नेमा जोड दिए । उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नुपर्ने विचार व्यक्त गरे ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए । उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरुलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे ।

 

उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए । झाले ओली सरकार सुशासन भन्दा महत्वकांक्षी विकासको सपना देखाएर असफल भएको टिप्पणी गरे ।

 

कार्यक्रममा डा. बोधराज सुवेदी, डा. कृष्ण सापकोटा, डा. असिम अधिकारी, हरिकृष्ण न्यौपाने, भोजराज शर्मा, आरके त्रिपाठीलगायतका वक्ताहरुले नेपालमा सिप र ज्ञान ट्रान्फरमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0