<

काठमाडौं, १० फागुन ।

नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेकी छन्। बिहीबार रास्वपा पार्टी कार्यालयमा लोरेन्जोले सभापति लामिछानेसँग भेटवार्ता गरेकी हुन्।

उनीहरूबीच नेपाल र ईयूको ५० वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा छलफल भएको थियो।   सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलको लागि अनुरोध गरेका थिए।

प्रतिउत्तरमा राजदूत लोरेन्जोले नेपालले हवाई सुरक्षाका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको औँल्याएकी थिइन्।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0