<

काठमाडौं, ९ फागुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।


मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको करिब सवा लाख रुपैयाँ बराबरका चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार गौर भन्सार कार्यालयलाई आवश्यक कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।


उनका अनुसार भन्सार छलेर ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको १ लाख १७ हजार २०५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार  आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हो ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0