<

काठमाडौँ, ९ फागुन ।

नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।

 

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।

 

त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२  रन बनाए ।

 

त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४  विकेट लिएका थिए ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0