<

 

काठमाडौं, २६ बैशाख ।

एभर्टनले  ब्राइटन होव  सानदार जित निकालेको छ ।

 

इंग्लिस प्रिमियर लिगको जारी खेलमा ब्राइटनको घरेलु मैदानमा एभर्टनले ५–१ को फराकिलो जीत निकालेको हो ।

 

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति खेलको पहिलो मिनेटमा नै एब्डुलाए डोउकाउरे को गोलबाट एभर्टनले अग्रता लिन सुरु गरेको थियो । उनले खेलको २९ औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एभर्टनको अग्रतालाई दोब्बर पारिदिए ।

 

झन, त्यसमाथी उपहार स्वरुप आएको अर्थात ३५औं मिनेटमा जासोनले आत्मघाती गोल गरेपछि एभर्टन पहिलो हाफमा नै ३–० को फराकिलो अन्तर जोडन सफल भयो ।

यसैगरी, दोस्रो हाफको ७६औं मिनेटमा डिवाइट म्याक्नेलले गोल गरेपछि एभर्टनले आफनो अन्तरलाई  फरकिलो बनायो तर ७९ औं मिनेटमा एलेक्किस म्याक एलिस्टरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए ।

उता, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा म्याक्नेलले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरिदिए । र, खेल अन्ततः ५–१ मा टुंगिदै एभर्टन बिजयी हुन पुग्यो ।

यस जितसँगै एभर्टनले ३५ खेलबाट ३२ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ भने पराजित ब्राइटन ३३ खेलबाट ५५ अंक जोडेर सातौं स्थानमा सिमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0