<

 

सिडनी, २६ बैशाख ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् ।

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सम्मान गरेको हो ।

 

एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमका बिचमा ७ सय अस्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन ।

विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न हौसला मिल्ने मन्डेकाजीले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0