<

 रमेश कुमार यादव,राैतहट,फाल्गुन ०८ गते ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिका स्थित रहेको एक बिधालयमा पुर्व बिधालय ब्यवस्थापन समितिको अध्यक्षले तालाबन्दी गरेका छन ।

 

जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.२ बेनौली स्थित रहेको श्री एतबरिया देवी सिता साह प्राथमिक बिधालयमा मंगलबार सोहि बिधालयका जग्गादाता एवम् पुर्व बिधालय ब्यवस्थापक समितिको अध्यक्ष एतवरिया देवी साह लगायत दर्जनौं अभिभावकहरुको सहभागिता उक्त तालाबन्दी गरेको हो । २०७४ सालमा यस विद्यालयको स्थापना गर्न स्थानीय सीता साहको श्रीमती एतबरिया देवीले आफ्ना करोडौं मुल्यको दश का जग्गा विद्यालयको नाममा निशुल्क दान गरेकी थिइन ।

No description available.

जग्गा दाता एतबरिया देवी स्थापना कालदेखि २०७८ सालसम्म यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी थिइन । समितिको अध्यक्ष एतबरिया देवी हुदा आर्थिक रकम हिनामिना गर्न न पाउदा प्रधानाध्यापक साहले दुई वर्ष अघि बिना कुनै सुचना समिति नै विघटन गरेका थिए । समिति विघटन भएपछि प्रधानाध्यापक साहले बिगत दुई वर्षदेखि आफ्ना मनोमानी तरिकाले विद्यालय सञ्चालन गर्दै आएको स्थानीय सहदेव साहले बताएका छन ।

 

दिवा खाजा, छात्रवृत्ति,विद्यालय पोसाक लगाएतका शीर्षकमा प्रधानाध्यापक साहले ब्यापाक हिनामिना गरेको हुनाले सो रकम पार्दशी गर्नुपर्ने माग राख्दै आफुहरु विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको अभिभावकहरुले बताएका छ्न । जग्गादाता एवम् पुर्व बि.ब्यवस्थापान समितिको अध्यक्ष साहले भनिन् आफु बिधालयमा रहदा सम्म बिधालयको अवस्था एकदम राम्रो र बिधालयको बिकासको लागी चौतर्फी ठुलो भुमिका खेलेको बताईन ।

 

तर उक्त बिधालयबाट आफुलाई थाहै नदिई बिघटन गरि प्राधानाध्यापकले आफ्नो मातहातमा लिई बिधालयलाई कमाउ खाउ भाँडो बनाई बिधार्थीहरुको जिवनसंग प्रत्यक्ष खेलवाड गरिरहेको साहले आरोप लगाईन् । त्यसतै सोहि ठाउँको स्थानिय सहदेव साहले भने कि यस विद्यालयका प्रधानाध्यापक हरेन्द्र साह विद्यालयलाई कमाउ खाने भाडो बनाएको तथा आफ्ना निजि सम्पत्ति जस्तो कब्जा गरेको र पढईको अवस्था एकदमै कमजोर बनाएको कारण मंगलबार हामि लगायत यहाँका अभिभावकहरुले एतबरिया प्रावीमा तालाबन्दी गरेका बताए । प्रधानाध्यापक साहले विद्यालयको आर्थिक र प्रशासनिक रकम हिनामिना गरेको, बिगत चार वर्ष देखि विद्यालयको हिसाब किताब न दिएको, हिसाब किताब माग्दा अटेरी गरेको र आफनै मन लाग्दी तरिकाले विद्यालय संचालन गर्दै आएको कारण बाध्य भएर स्थानीय र अभिभावकहरुले सो विद्यालयमा तालाबन्दी गरेका छ्न ।

 

प्रधानाध्यापक साहले यस विद्यालयका बालबालिकालाई बिगत चार वर्षदेखि दिवा खाजा नखुवाई दिवा खाजाको रकम हिनामिना गरेको,चार वर्षदेखि बिधार्थी लाई छात्रवृत्ति र विद्यालय पोसाक न दिएको स्थानिय साहले गम्भिर आरोप लगाए । प्रधानाध्यापक साहले विद्यालय व्यवस्थापन समितिसमेत विघटन गरि विद्यालयमा बिद्यार्थीहरुको लागि आउने अनुदान रकम व्यापक हिनामिना गरेको सो हिसाब आफुहरु माग्दा हिसाब दिन अटेरी गर्ने गरेकोले बाध्य भएर हामिलाई यो कदम चाल्नु पर्यो वहाँले भने ।

 

साथसाथै प्र.अ साहले आफ्नो मनपरि आफ्नो श्रीमति रेखा साहलाई राखेको र उनले बिधालयमा नै नपढाई तलब खाएको बताए । वहाँले भने आफुहरुको माग सम्बोधन नभइ बल जबर्जस्ती ताल्चा खोल्ने कसैले कुचेष्टा गरे परिणाम न राम्रो हुने अभिभावक र स्थानीयहरुले चेतावनी दिएका छन । भनिन्छ कि सरकारले वर्षेणी शिक्षाको सुधारको लागि अर्बौं लगानी गर्ने गरेका छन । तरपनि रौतहटमा शिक्षाको अवस्था सुधार हुनुको सट्टा दिन प्रतीदिन खस्किदै गएको छ। शिक्षाको अवस्था सुधार नहुदा सरकारले शिक्षामा गर्ने गरेको अर्बौं लगानी बालुवामा पानी फेरेझै हुने गरेको छ। बृन्दावन नगरपालिकाको वार्ड नं.२ स्थित रहेको एतबरिया देवी सीता साह प्राथमिक विद्यालय झोले विद्यालय रहेको सावित भएको हो । कक्षा पाँच सम्म पढाइ हुने यस विद्यालयमा जम्मा एउटा कक्षा कोठा मात्र रहेको छ ।

 

यस विद्यालयमा २ सय भन्दा बढी बिधार्थी अध्यनरत रहेको भएपनी मुस्किलले १० देखि १५ जना बिधार्थी मात्र पढ्न आउने गरेका छ्न । सञ्चारकर्मीको एक टोलि मंगलवार विद्यालयको अनुगमन गर्न पुग्दा कक्षा एक र दुईको गरि १० जना तथा तीन चार र पाँच कक्षाको गरि जम्मा ८ जना मात्र बिद्यार्थी उपस्थित रहेको भेटिएको छ। बिधार्थीको उपस्थिति संख्या एकदमै न्यून मात्रामा रहेकोले यस विद्यालयमा पढाइ राम्रो नहुने गरेको र यो विद्यालय झोले रहेको पुष्टि हुन्छ । प्रधानाध्यापक, एक बालबिकास शिक्षिका र दुई जना शिक्षक रहेपनी प्रधानाध्यापक कहिले काहीँ विद्यालयमा मात्र आउने गरेका छन भने दुई जना शिक्षकको भरमा विद्यालय संचालन हुदै आएको छ ।

 

बालबिकास शिक्षिका राधा कुमारी साह प्रधानाध्यापक हरेन्द्र साहकी श्रीमती हुन । शिक्षिका राधा साह प्रअ साहको श्रीमती रहेको कारण उनी पनि कहिलेकाही मात्र विद्यालय आउने गरेकी छन । साह महिनामा दुइ तीन दिन मात्र विद्यालय आउने गरेको र हाजिरी रजिस्टूरमा एक महिनाको हाजिरी बनाउने गरेको स्थानीयहरुको आरोप छ। कक्षा कोठाको अभावमा एउटा कक्षा कोठामा कक्षा एकदेखि पाँचसम्मका बिद्यार्थीलाई राखेर पढाउनु पर्ने बाध्यता छ ।

 

विद्यालयमा बेन्च डेस्कको नाममा चार वटा बेन्च डेस्क मात्र रहेको पाइएको छ। ठाँउको अभावमा बिधार्थीहरु खुला आकाशमुनि भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन। सो विद्यालयमा भएको शौचालय पनि पÞmोहोरले प्रयोग बिहिन अवस्थामा रहेको छ भने विद्यालयमा कम्पाउण्ड वाल र विद्यालयको बोर्ड समेत नरहेको पाइएको छ।

 

विद्यालयको शौचालय सञ्चालन अवस्थामा नहुदा बिधार्थीहरु खुल्ला चौरमा सौच गर्ने गरेका छन । यस सम्बन्धमा प्राधानाध्यापक हरेन्द्र साहसंग बुझन खोज्दा वहाँको मोबाईलको फोन उठन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0