<

काठमाडाैं, ८ फागुन ।

कीर्तिपुर नगरपलिका-४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ ।

 

५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।

 

आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी नेपाल पुलिस स्कुलले सेमीफाइनलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई सडेन डेथमा स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो ।

 

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

 

प्रतियोगिता समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहने नेपाल एपीएफ स्कुलले जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0