<

काठमाडौं, ३ फागुन ।

संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक गरिएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ ।

 

भिडियोमा बानिका प्रधानको अभिनय छ भने उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । योगेश दाहालको छायांकन, निर्देशन र सम्पादन रहेको छ ।

‘लाग्थ्यो तिमी’ ओर्जिनल गायक सन्तोष लामाको हो । उनको एल्बम एम्बर १ को लागि गाइएको थियो ।

भिडियाे निर्माता किलाइट माेसन पिक्चर र द ड्रिम टिम लिडिङले स्पाेन्सर गरेका हुन् । न्युज कारखाना

गीतकाे लिंक : https://youtu.be/3qTETG6tYpE?si=n8-XXA4jMv2h0rkk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0